गोरखाको ताराखसेमा प्रहरीको गोली लागी स्वयंसेवक घाइते

वैशाख ३०, २०७९

हरिराम उप्रेती

गोरखा — गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएका स्वयंसेवक घाइते भएकी छिन् । 

मतदानको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

‘मतदानस्थलभित्रै पसेर कांग्रेस माओवादी भिड्न थाले, बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्‍यो,’ एसपी केदार खनालले भने । स्वयंसेवक मनिषा थापा घाइते भएको खनालले बताए । थापाको तिघ्रामा गोली लागेको छ । 

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully