म्याग्दी — हिमालपारीको मुस्ताङमा करिब ७० प्रतिशत बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार कुल १० हजार ४ सय ८५ मतदातामध्ये ७ हजार ४ सय ९५ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत रुमानाथ ज्ञवालीका अनुसार मुस्ताङका सबै पालिकामा राति ८ बजेसम्म सबै बुथबाट मतपत्र आइपुग्ने र राति १० बजेभित्रबाट मतगणना सुरु गर्ने कार्यतालिका छ ।
लोमन्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार लोमन्थाङमा १ हजार ९ सय ४२ मतदातामध्ये १ एक हजार २ सय ३० भोट (६३ दशमलव १४ प्रतिशत) मत खसेको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार कुल २ हजार २ सय ४४ मतदातामध्ये ७ सय ९५ जना महिलासमेत १ हजार ४ सय ९८ मत खसेको छ ।
थासाङ गाउँपालिका निर्वाचन अधिकृत मुकुन्द आचार्यका अनुसार कुल २ हजार ७ सय ४७ मतदातामध्ये १ हजार ७८ महिला, १ अन्य समेत २ हजार १ सय ९३ (८० प्रतिशत) मत खसेको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत नेपालहरि रानाभाटका अनुसार १ हजार ४ सय ७१ मतदातामध्ये ५ सय २ जना महिलासहित ९ सय ७६ मत खसेको छ ।
त्यस्तै, सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा २ हजार ८४ जना मतदातामध्ये १ हजार ५ सय ९८ मत (७६.५६ प्रतिशत) खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
