काठमाडौं उपत्यकामा मतपेटिका संकलन हुँदै

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँम उपत्यकामा शान्तपुर्णरुपमा मतदान भएको छ। साँझ ५ बजेबाट मतदानको समय सकिएपछि अहिले मतपेटिका संकलनको काम सुरु भएको छ ।

 काठमाडौं महानगरपालिकासहित ११ वटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान भएको, र अहिले छिटपुटबाहेक सबै मतदान केन्द्रहरुमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।

आयोगले विहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । तर, केही मतदान केन्द्रमा साँझ ५ बजेपछि पनि मतदाताको लाइन रहेपछि ती ठाउँमा मतदान भइरहेको छ ।

निर्वाचन अधिकारी भट्टराईले मतदान भइसकेका ठाउँबाट मतपेटिकाहरु संकलन भइरहेको जानकारी दिए । 

त्यस्तै, भक्तपुरमा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।

जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेले मतपेटिका संकलन गरेपछि शुक्रबार बेलुका ९ बजेबाट मतगणना गर्ने तयारी भइरहेको जानकारी दिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully