कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लाको शंकर मावि मतदान केन्द्रमा झडप, मतदान स्थगित

डीबी बुढा

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका ३ स्थित शंकर माध्यमिक विद्यालयमा गर्ज्याङकोटमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया आधा घण्टादेखि स्थगित भएको छ । लाइनमा लागेका एक मतदाताले मतदाता नामावली नै च्यातिदिएपछि तनाव सिर्जना भएको थियो ।  

जुम्लाको शंकर मावि मतदान केन्द्रमा झडप, मतदान स्थगित

स्थानीयका अनुसार एकीकृत समाजवादी र कांग्रेस कार्यकर्ताबीच विवाद हुँदा मतदाता नामावली च्यातिएको थियो । एकछिन एकआसपासमा झडपसमेत भएको थियो ।

दुवै दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर सहायक मतदान अधिकृत रवि भण्डारी घाइते भएका छन् । उनको घुँडामा ढुंगा लागेको थियो । अहिले मतदान केन्द्र आसपासमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

दुई दिनअघि कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको थियो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले मतदान प्रक्रिया सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको बताइन् । उनले भनिन्, ‘मतदान गर्न लाइनमा बसेको एक मतदाताले नामावली नै च्यातेपछि विवाद उत्पन्न भएको थियो । बिस्तारै राजनीतिकरण गर्न खोजिएको छ ।’

प्रहरीले मतपत्र र मतपेटिका भने जोगाउन सफल भएको छ । १ सय ११ मत खसिसकेको थियो । ‘मतदान निकै राम्रोसँग खसिरहेको थियो‚’ प्रमुख जिल्ला अधिकारी प्रसाईंले भनिन्, ‘बीचमा समस्या आउँदा रोकिएको छ । अबको केही समयमा सञ्चालनमा ल्याउने पहल भइरहेको छ ।’

जुम्लाको शंकर माध्यमिक विद्यालय बाहेक जिल्लाका सबै मतदान केन्द्रमा ५० प्रतिशत मतदान भइसकेको नेपाली सेनाका गणपति रविन थापाले जानकारी दिए । जुम्लामा १ सय २ मतदान केन्द्र भएकोमा ७९ वटा मतदानस्थल रहेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?