हिलाम्मे भएपछि मतदान केन्द्र फेरियो

वैशाख २९, २०७९

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका ५ को अरनिको मैदानमा रहेको निर्वाचन केन्द्र वर्षाका कारण हिलाम्मे भएपछि नजिकै रहेको तुलसी आवासीय विद्यालयमा सारिएको छ ।

वर्षाका कारण मतदानस्थल हिलाम्मे भएपछि राजनीतिक दलसँगको सर्वदलीय बैठकले उक्त विद्यालयमा मतदान केन्द्र सारिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

स्थानीय तह निर्वाचन २०७९

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully