कैलालीको गोदावरीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ४ घाइते

वैशाख २९, २०७९

मोहन बुडाऐर

धनगढी — कैलालीको गोदावरी-६मा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदराज जोशीका अनुसार गए राति १ बजेको समयमा वडा नम्बर ६ को बस्तीमा एमाले कार्यकर्ता छिर्न खोज्दा कांग्रेसका कार्यकर्ताले रोक्‍न खोजेपछि झडप भएको थियो ।

झडपमा एमाले कार्यकर्ता बिन्तीराम चौधरी, वसन्ती चौधरी, लक्ष्मी चौधरी  र रविन चौधरी घाइतेका भएको डीएसपी जोशीले जानकारी दिए ।

बिन्तीराम बाहेक अन्यलाई समान्य चोटपटक लागेको  प्रहरीले जनाएको छ । उनको उपचार भइरहेको छ । 

‘पीडित पक्षले जाहेरी दिने भनेका छन्, ’ डीएसपी जोशीले भने, ‘जाहेरी परेपछि घटनाको अनुसनधान गरिने छ ।’

स्थानीय तह निर्वाचन २०७९

मोहन

Link copied successfully