रुकुम पश्चिम — जिल्लाका सबैलाई मतदाता परिचय पत्र वितरण गरिएको छ । रुकुम पश्चिमको हकमा मात्रै निर्वाचन आयोगले सबैलाई मतदाता परिचय पत्र छापेर पठाएको थियो ।
बुधबार र बिहीबार परिचय पत्र वितरणको काम भइरहेको छ । साविकको रुकुम जिल्ला छुट्टिएर दुई जिल्ला बनेका छन् ।
यसमा रुकुम पश्चिमका मतदाताको परिचय पत्रमा त्रुटी भएकाले नयाँ परिचय पत्र छापिएको आयोगले जनाएको छ । कतिपय मतदाताको कार्डमा नागरिकता जारी भएको जिल्ला रुकुम पूर्व परेकाले त्यसलाई सच्याउनका लागि आयोगले यस जिल्लामा मतदाता परिचयपत्र पठाइदिएको र वितरण भइरहेको जिल्ला निर्वाचन अधिकारी कुमारी मल्लले बताइन् । जिल्लामा १ लाख ४ हजार ४ सय ८२ मतदाता छन् ।
