ताप्लेजुङमा बेलुका ८ देखि बिहान ४ बजेसम्म निषेधाज्ञा

वैशाख २९, २०७९

आनन्द गौतम

ताप्लेजुङ — जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार बेलुका ८ देखि बिहान ४ बजेसम्म कसैलाई घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बिहीबार मध्यान्ह जारी गरेको अत्यन्त जरुरी सूचनामा अत्यावश्यक कामले घर बाहिर निष्कनुपरे सुरक्षा निकायको अनुमति लिनुपर्ने उल्लेख छ । 

निर्वाचन सुरक्षालाई ध्यानमा राखी जिल्ला निर्वाचन अनुगमन समितिको निर्णयमा आदेश जारी गरिएको पोखरेलले बताए ।

अनुगमन समिति मुख्य निर्वाचन अधिकृत एंव जिल्ला न्यायाधीशको नेतृत्वमा हुन्छ । शान्ति सुरक्षाको मजबुत व्यवस्थापन गरिएकाले घर बाहिर निष्कनेलाई कडाइका साथ सुरक्षा जाँच गरिने उल्लेख छ ।

स्थानीय तह निर्वाचन २०७९

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully