झापामा १ सय ३९ उम्मेदवारी फिर्ता

वैशाख १६, २०७९

पर्वत पोर्तेल

झापा — झापामा १ सय ३९ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् ।

मुख्य निर्वाचन कार्यालय झापाका अनुसार जसमा प्रमुख/अध्यक्ष ८, उपप्रमुख/उपाध्यक्ष १०, वडा अध्यक्ष ५३, वडा सदस्य ४५, महिला सदस्य १७ र दलित महिला सदस्य ३ जना छन् । 

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अर्जुनधारामा सवभन्दा बढी २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै बिर्तामोडमा १७, मेचीनगर र बुद्धशान्ति १६/१६, दमकमा १३, शिवसताक्षी र कनकाईमा ११/११, गौरादहमा ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, कचनकवलमा ७, हल्दीबारी ६, भद्रपुर ५, बाह्रदशी र गौरीगञ्ज ३/३, झापा २ र कमल गाउँपालिकाबाट १ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  

स्थानीय तह निर्वाचन २०७९

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully