खोटाङमा दुई जनाको उम्मेदवारी खारेज

डम्बरसिं राई

खोटाङ — जिल्लामा दुई जनाको उम्मेदवारी खारेज भएको छ । समानुपातिक बन्द सूचीमा रहेकाहरुको उम्मेदवारी खारेज भएको हो ।

खोटाङमा दुई जनाको उम्मेदवारी खारेज

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ को महिला सदस्यमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी कविता राईको उम्मेदवारी खारेज भएको छ । उनी नेकपा मालेको प्रदेशसभा सदस्यको समानुपातिक बन्द सूचीमा रहेकाले खारेज भएको हो ।

त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा नेकपा एसकोतर्फबाट खुल्ला सदस्यमा उम्मेदवारी दिएकी सीता शर्मा फुयालको पनि उम्मेदवारी खारेज भएको छ । उनी नेकपा मालेको प्रतिनिधिसभा सदस्यको समानुपातिक बन्द सूचीमा रहेकाले खारेज भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १६, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?