खोटाङमा दुई जनाको उम्मेदवारी खारेज

वैशाख १६, २०७९

डम्बरसिं राई

खोटाङ — जिल्लामा दुई जनाको उम्मेदवारी खारेज भएको छ । समानुपातिक बन्द सूचीमा रहेकाहरुको उम्मेदवारी खारेज भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ को महिला सदस्यमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी कविता राईको उम्मेदवारी खारेज भएको छ । उनी नेकपा मालेको प्रदेशसभा सदस्यको समानुपातिक बन्द सूचीमा रहेकाले खारेज भएको हो । 

त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा नेकपा एसकोतर्फबाट खुल्ला सदस्यमा उम्मेदवारी दिएकी सीता शर्मा फुयालको पनि उम्मेदवारी खारेज भएको छ । उनी नेकपा मालेको प्रतिनिधिसभा सदस्यको समानुपातिक बन्द सूचीमा रहेकाले खारेज भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully