विनयी त्रिवेणीमा कांग्रेसका दुई जना बागीले उम्मेदवारी फिर्ता लिएनन्

वैशाख १६, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका बागी दुई जनाले उम्मेदवारी फिर्ता लिएनन् । अध्यक्षमा मनोनयन गरेका विष्णु ढकाल र उपाध्यक्ष मिना रानाले नाम फिर्ता नलिएका हुन् ।

ढकाल त्यहाँको वडा नम्बर २ का निर्वाचित अध्यक्ष हुन् । त्यसैगरी त्यहाँ यसअघि गाउँपालिका उपाध्यक्ष रहिसकेकी रानाले पनि फिर्ता लिइनन् । उनीहरुलाई खोज्न जिल्ला पार्टी सभापति महेन्द्रध्वज जिसी दिनभरि गाउँ डुल्दा पनि उम्मेदवार नभेटेपछि निराश भएर फर्किएका थिए ।

'दुवै उम्मेदवार सम्पर्कमा आउनुभएन,' कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले भने, 'सम्पर्कमै नआएका कारण आज भेट्टाउन सकिएन ।' दुवैजना यसअघि त्यहीँका निर्वाचित प्रतिनिधि भएका कारण भोलि पर्सीमा कुरा मिलिहाल्ने उनले दाबी गरे । 'हिजो उहाँहरु दुवैलाई कांग्रेसले नै टिकट दिएर विजयी गराएको हो,' घिमिरेले भने, '२/४ दिनमा कुरा मिलिहाल्छ ।' 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully