तनहुँमा ११० उम्मदेवारी फिर्ता

वैशाख १६, २०७९

सम्झना रसाइली

तनहुँ — आसन्न स्थानीय निर्वाचनका लागि जिल्लामा गत आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएका ११० जनाले फिर्ता लिएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका अनुसार जिल्लाका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा यी उम्मेदवारहरुले आफ्नो उम्मेदावरी फिर्ता लिएका हुन् ।

देवघाट गाउँपालिकामा ३ जना अध्यक्ष, १ जना वडाध्यक्षसहित ४ जना, आँबुखैरेनी गाउँपालिकामा ३ वडाध्यक्ष, २ जना सदस्य सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । घिरिङ गाउँपालिकामा १ जना वडाध्यक्ष, ऋषिङ गाउँपालिकामा २ जना वडाध्यक्ष, १ जना सदस्य, म्याग्दे गाउँपालिकामा १ जना वडाध्यक्ष, बन्दिपुर गाउँपालिकामा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । २ जना अध्यक्ष, १ जना उपाध्यक्ष, ३ जना वडाध्यक्ष र छ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, व्यास नगरपालिकामा नेकपा एकीकृत समाजवादीकातर्फबाट मेयरका उम्मेदवार शंकरनारायण श्रेष्ठ, स्वतन्त्र रुपमा कांग्रेसका बागी उम्मेदवारी दिएका वृषराज श्रेष्ठसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले बताए । व्यासमा ८ जना वडा अध्यक्ष र ८ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

शक्लागण्डकी नगरपालिकामा २ जना प्रमुख, १ जना उपप्रमुख, १३ जना वडाध्यक्ष, २१ जना सदस्य गरी ३७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भिमाद नगरपालिकामा १ जना प्रमुख, १ जना उपप्रमुख, अन्य ७ जना गरी ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, भानु नगरपालिकामा १ जना प्रमुख, ८ जना वडाध्यक्ष, ५ जना महिला सदस्य, ६ जना खुला सदस्य गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हरिश्चन्द्र गौतमले जानकारी गराए ।

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully