ताप्लेजुङका दुई पालिकामा एमाले र माओवादीका बागी उम्मेदवारबीच तालमेल

वैशाख १६, २०७९

आनन्द गौतम

ताप्लेजुङ — माओवादीबाट बागी उम्मेद्वार बनेका दुई गाउँपालिका उपाध्यक्षसँग एमालेले चुनावी तालमेल गरेको छ । एमालेले सिदिङवा र मेरिङदेन गाउँपालिकाका आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता गराएपछि चुनावी तालमेल गरेको हो ।

एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी सिदिङवाकी रेनुका पन्दाक र मेरिङदेनका टिकामाया लिबूले शुक्रबार उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतहरुले बताएका छन् । उनीहरुको उम्मेदवारी फिर्तापछि माओवादीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका सिदिङवाका जीवनकुमार ताम्लिङ र मेरिङदेनका दाबाछिरिङ शेर्पाले समीकरण गर्ने भएका छन् । सत्ता गठबन्धनबीच परामर्श भइरहँदा ताम्लिङ र शेर्पाले स्थानीय स्तरमा समीकरण गरेका थिए । तर पार्टीले सिदिङवामा बन्दना कर्डरियालाई र मेरिङदेन नेकपा एसको भागमा परेपछि उनिहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।  

यी दुई पालिकामा मनोनयन अघि नै अघोषित तालमेल भएको थियो । 

स्थानीय तह निर्वाचन २०७९

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully