पूर्वी नवलपरासी — विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका दुई जनाले स्वतन्त्र उम्मेदवारी हालेका छन् ।
वडा नम्बर २ बाट यसअघि निर्वाचित वडा अध्यक्ष विष्णु ढकालले अध्यक्षमा र कांग्रेसबाटै त्यहाको उपाध्यक्षमा निर्वाचित मिना रानाले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी मनोनयन गरेकी हुन् ।
कांग्रेसबाट यसअघि गाउँपालिका उपाध्यक्ष भइसकेकी राना र अर्का वडाअध्यक्षमा विजयी ढकाल नै बागी बनेपछि कांग्रेस अफ्ठेरोमा परेको छ । उनीहरुलाई दुवैलाई झिक्न लगाउन कांग्रेसका जिल्ला नेताहरुको दौडधुप सुरु भएको छ ।
विनयी त्रिवेणीमा कांग्रेसले डम्बर जिसीलाई फेरि अध्यक्षमा उम्मेदवार बनाएको छ । त्यहाँ उपाध्यक्षमा कला भुजेललाई उठाएको छ । कांग्रेसले २०७४ सालको निर्वाचनमा पनि यो पालिकामा अध्यक्ष र उपाध्यक्षसहित बहुमतले जितेको थियो ।
