नुवाकोट — स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा मतपेटिकासहित आवश्यक निर्वाचन सामग्रीहरु ल्याइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री जिल्लामा ल्याइएको हो । मतपत्र र मतदाता परिचयपत्र बाहेक सबै सामग्री आइसकेको कार्यालय प्रमुख जयप्रसाद गौतमले बताए ।
मतदान प्रक्रियाका लागि २ सय ८८ थान मतपेटिका ल्याइएको छ । मतपेटिकासहित छेकवार, स्वस्तिक छाप, मसीदानी, मतदाता नामावलीको सूची लगायत सागम्री छन् ।
जिल्लाका १२ वटा स्थानीय तहमा १ सय ३२ वटा मतदानस्थल र २ सय ८७ वटा मतदान केन्द्र रहेका छन् । मतदाता संख्या २ लाख २१ हजार १ सय ६१ छ ।
