कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन

एमालेबाट ३३ हजारभन्दा बढीको उम्मेदवारी

कांग्रेसबाट ३१ हजार बढीको उम्मेदवारी पर्दा माओवादीबाट २२ हजारभन्दा बढीले उम्मेदवारी दिएका छन् ।  

काठमाडौँ — आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ । प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको छ । 

एमालेबाट ३३ हजारभन्दा बढीको उम्मेदवारी

एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै उप्रमुखका २६ पुरुष र २५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र ११९ महिलाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट २५३ जना पुरुष र ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै ३६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २९२ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाको उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट १५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २६१ पुरुष र २९ महिलाले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १२८ जना महिलाको उम्मेदवारी पर्दा उपाध्यक्षमा ११२ पुरुष र २०३ महिलाको उम्मेदवारी परेको छ । त्यसैगरी वडाध्यक्षमा माओवादीबाट ४ हजार ३ सय २१ पुरुष र ९१ महिलाले उम्मेदवारी दिएका छन् । माओवादीबाट सबै पदमा २२ हजार ६८ जनाको उम्मेदवारी परेको छ ।

अहिलेसम्म सबै पदमा गरी १ लाख ५१ हजार ७ सय ५६ जनाको उम्मेदवारी परेको छ ।

कुन दलबाट कुन पदमा कति उम्मेदवारी ?

प्रकाशित : वैशाख १४, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?