बाँकेका दुई वडामा फरक पार्टीबाट दाजुभाइ प्रतिस्पर्धा गर्दै

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका १ र कोहलपुर नगरपालिका ३ मा सहोदर दाजुभाइले फरक पार्टीबाट उम्मेदवारी दिएका छन् । नेपालगन्ज उपमहानगर १ मा अध्यक्षका लागि वर्तमान वडाध्यक्ष प्रमोद रिजालले नेकपा (एमाले) र उनका सहोदर दाजु बिनोद रिजालले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रमोद लामो समयदेखि एमालेनिकट विद्यार्थी संगठनको राजनीतिमा सक्रिय थिए । त्यस्तै, दाजु बिनोद विद्यार्थी राजनीति गर्दै हाल तरुण दल बाँकेको सचिवका रुपमा काम गर्दै आएका छन् ।

त्यस्तै कोहलपुर नगरपालिका ३ को वडाध्यक्षका लागि दाजु तारकेश्वर रिजाल नेकपा (माओवादी केन्द्र) र भाइ माधव रिजाल एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय निर्वाचनमा माधव वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, दाजु तारकेश्वर ६५ मतले पराजित भएका थिए ।

प्रकाशित : वैशाख १४, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?