खोटाङ र भोजपुरमा एक–एक जना दलित महिला सदस्यमा एकल उम्मेदवारी

वैशाख १४, २०७९

डम्बरसिं राई

खोटाङ — खोटाङको खोटेहाङ गाउँपाकिला र भोजपुरको आमचोक गाउँपालिकामा एक–एक जना दलित महिला सदस्यको एकल उम्मेदवारी परेको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा दलित महिला सदस्य र भोजपुरको आमचोक गाउँपालिका–७ देवानटारमा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको हो ।

खोटेहाङ गाउँपालिकाको चिप्रिङमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी बच्चीमायाँ परियार र आमचोक गाउँपालिकाको देवानटारमा माओवादीको तर्फबाट उम्मेदवारी दिएकी रत्ना परियारको एकल उम्मेदवारी परेको हो ।

एकल उम्मेदवारी परे पनि कागजात जाँच गरिसकेपछि मात्र यकिन हुने निर्वाचन अधिकृत कल्पना राईले बताइन् ।

स्थानीय तह निर्वाचन २०७९

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully