गुठीचौर गाउँपालिकाको अध्यक्षमा भण्डारीको पुन: उम्मेदवारी 

वैशाख १३, २०७९

डीबी बुढा

जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिकाका निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी पुन: उम्मेदवार बनेका छन् ।  । उनले गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।  

जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा दोहोरिएर उम्मेदवारी दिने उनी एक्लो पालिका अध्यक्ष हुन् । सबै स्थानीयतहमा नयाँ अनुहारले उम्मेदवारी दिएका छन । यो पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रले पुन: हरिबहादुर भण्डारीलाई उम्मेदवारको टिकट दिएको हो ।

अध्यक्ष भण्डारीले आगामी स्थानीय निर्वाचनमा आफैले जित्ने दाबी गरेका छन् । भण्डारी कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीका बुवा हुन् । हरिबहादुर भण्डारीले टिकट पाएपछि माओवादी गुठीचौरमा तरंग पैदा भएको छ । 

उनले २०७४ को स्थानीय तह निर्वाचनमा १ हजार ५ सय ९६ मतसहित निर्वाचित भएका थिए । एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४ सय ६७ र काँग्रेसका दानबहादुर बुढाले ६ सय ७९ मत ल्याएका थिए ।  

स्थानीय तह निर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully