वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा कांग्रेसबाट खड्का र थापाको उम्मेदवारी

वैशाख १२, २०७९

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा उपेन्द्र खड्का र रामकुमारी थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउने अन्तिम समयमा सत्तारुढ गठबन्धनबीच सहमति नजुटेपछि प्रमुखमा खड्का र उपप्रमुखमा थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको तर्फबाट वीरेन्द्रनगरको प्रमुखमा उठेका खड्का नगर कार्य समितिका सभापति हुन् । सोमबार गठबन्धन दलबीच सुर्खेत र रुकुमपश्चिमको पालिका बाँडफाँटबारे सहमति नभएपछि दुवै जिल्लामा गठबन्धनभित्रका दलमध्ये केही दलले आ–आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थानीय तह निर्वाचन २०७९

चाँदनी

Link copied successfully