विवेकशील साझाबाट पोखराको मेयरमा सुशीला र उपमेयरमा माधव उम्मेदवार 

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीले पोखरा महानगरपालिकामा पार्टीकी गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सुशीला केसी अधिकारीले मेयरको उम्मेदवारी दर्ता गरेकी छिन् । त्यस्तै  उपमेयरमा पनि पार्टीकै केन्द्रीय सदस्य माधव भण्डारीलाई उम्मेदवार बनाइएको छ । 

पछिल्लो २ दशकयता शैक्षिक क्षेत्रमा संलग्न केसी विभिन्न संस्थाहरूमार्फत् सामाजिक विकासका मुद्दाहरूमा संलग्न रहँदै आएकी छन्। उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्। उपमेयर उम्मेदवार भण्डारी विद्युत प्राधिकरणका पूर्व सहायक इञ्जिनियर हुन्।

जनप्रकाश बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालिसकेका भण्डारी मानव अधिकार तथा सामाजिक सेवाका विभिन्न काममा सकृय रहँदै आएका छन्।

महिला नेतृत्वलाई प्रवर्द्धन गर्ने प्रयास अन्तर्गत पार्टीले काठमाडौंपछि पोखरामा पनि सक्षम, इमानदार र अनुभवी नेतृलाई मेयरको उम्मेदवार बनाउन पाउँदा आफूलाई गौरवको महसुस भएको अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully