गठबन्धन तोडिएपछि रसुवामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता 

वैशाख १२, २०७९

बलराम घिमिरे

रसुवा — वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रसुवा जिल्लाको पाँच वटै गाउँपलिकामा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्न दलका नेताहरु विभिन्न झाँकी जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

मनोनयनको दोस्रो दिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा, राप्रपा नेपाल लगायत दलका उम्मेदवारकाे मनोनयन दर्ता भएका छन् । रसुवामा गठबन्धन तोडिएपछि यी दलहरुले छुट्टाछुट्टै उम्मेदवार दर्ता गराएका हुन् । निर्वाचन कार्यालयमा १८ दल दर्ता भएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ५६ महिला मतदाता छन् ।  ३४ मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।  

स्थानीय तह निर्वाचन २०७९

बलराम

Link copied successfully