तनहुँको म्याग्देमा एमालेबाट अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा घिमिरेको उम्मेदवारी

वैशाख १२, २०७९

सम्झना रसाइली

तनहुँ — तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका तर्फबाट श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्नादेवी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रेष्ठ नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् । कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीको समूहसँग तालमेल गरेको एमालेले व्यास नगरपालिकाको प्रमुखमा भने उम्मेदवारी नदिने जनाएको छ ।

उक्त सहमति अुनसार जोशीका छोरा दीपकराज जोशीले व्यास नगर प्रमुखमा उम्मेदवारी दिँदै छन् ।

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully