बेथानचोकको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका अधिकारीको उम्मेदवारी

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काभ्रेको बेथानचोक गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता भगवान अधिकारीले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसका पूर्वजिल्ला अध्यक्षसमेत रहेका अधिकारी विद्यार्थी राजनीति र पत्रकारितामा पनि संलग्न थिए ।

काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा नेपाली कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुई पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउनेगरी सत्ता गठबन्धन दलहरूबीच सहमति भएको हो।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully