गोरखा — माओवादी केन्द्रको तर्फबाट गोरखा नगरपालिकाको प्रमुखमा कृष्ण राना र उपप्रमुखमा धना तमुले उम्मेदवारी दर्ता गराएका छन् । पालुङटार नगरपालिकाको प्रमुखमा विवश चिन्तन र उपप्रमुखमा वन्दना पाण्डे, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनी र उपाध्यक्षमा पुर्ण कुमारी कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
अजिरकोट गाउँपालिकाको अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमायाँ गुरुङले उमेदवारी दर्ता गराएका छन् । गण्डकी गाउँपालिकाको अध्यक्षमा दिपक तिमल्सिना र उपाध्यक्षमा पार्वती गुरुङ, धार्चे गाउँपालिकाको अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सनिला गुरुङ, शहिद लखन गाउँपालिकामा रमेश थापा र इन्दिरा तिवारी, चुमनुव्री गाउँपालिकाको अध्यक्षमा निमा लामा र लक्ष्मी गुरुङ, भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद वञ्जरा र उपाध्यक्षमा जुनु श्रेष्ठ तथा आरुघाट गाउँपालिकामा ऋषि खनाल र उपाध्यक्षमा पार्वती सापकोटाले उम्मेदवारी दर्ता गराएको प्रदेश कमिटी सदस्य अंकुर तिमल्सिनाले बताए ।
