गोरखामा एमालेबाट देवकोटा र गुरुङ मेयर र उपमेयरका उमेदवार

वैशाख १२, २०७९

हरिराम उप्रेती

गोरखा — नेकपा एमालेले गोरखा नगरपालिकाको मेयरमा सम्झना देवकोटा र उपमेयरमा दिनेश गुरुङलाई उमेदवार बनाएक‍ो छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर देवकोटा र गुरुङले सोमबार उमेदवारी दर्ता गराएका छन् । 

पालुङटार नगरपालिकाको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठकले उमेदवारी दिएका छन् । वारपाक सुलीकोट गाउँपालिकाको अध्यक्षमा हरि बस्नेत र उपप्रमुखमा कृष्ण कुमारी गुरुङ, अजिरकोट गाउँपालिकाको अध्यक्षमा गिता कुमारी पोखरेल र उपाध्यक्षमा शेखरनाथ न्यौपाने, भिमसेन थापा गाउँपालिकामा सुरेश श्रेष्ठ अध्यक्ष र रुपमा भट्टले उपाध्यक्षको उम्मेदवारी दिएको नेकपा एकालेका सचिव काजिराम रोकाले बताए ।

नेकपा एमालेले आरुघाट गाउँपालिकाको अध्यक्षमा कृष्ण नेपाली र उपाध्यक्षमा सिता दाहाल, धार्चे गाउँपालिकाको अध्यक्षमा सुक घले र उपाध्यक्षमा आशा गुरुङ, चुमनुव्री गाउँपालिकाको अध्यक्षमा सुक बहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङले उम्मेदवारी दिएका छन् ।

सहिद लखन गाउँपालिकाको अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा, गण्डकी गाउँपालिकाको अध्यक्षमा विष्णु पन्त र उपाध्यक्षमा रेणुका नहर्की, सिरानचोक गाउँपालिकाको अध्यक्षमा देवराज श्रेष्ठ र उपाध्यक्षमा शशी देवकोटाले उम्मेदवारी दर्ता गरेको नेकपा एमाले गोरखाले जनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully