तिलोत्तमाको प्रमुखमा समाजवादीबाट आशा चौधरीको उम्मेदवारी

वैशाख १२, २०७९

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख पदमा नेकपा एकीकृत समाजवादीको तर्फबाट आशा कुमारी चौधरीले मनोनयन दर्ता गराएकी छन्।

चौधरी आफ्नो पार्टीको रूपन्देही जिल्ला कमिटी सचिवालय सदस्य हुन् । ४३ वर्षीया चौधरी अनेमसंघ जिल्ला उपाध्यक्षसमेत हुन् । तिलोत्तमा १३ मडहरा घर भएकी उनले व्यवसायिक रुपमा फेन्सी पसल संचालन गर्दै आएकी छन् ।

उम्मेदवारी दर्तापछि उनले आफूसँग भौतिक विकासँगै सामाजिक विकासका थुप्रै एजेण्डा भएकाले तिनै एजेण्डा लिएर मतदातामाझ जाने बताइन् । तिलोत्तमामा सुरु भएका राम्रा योजना पूरा गर्ने र भौगोलिक रुपले समानुपातिक विकास गर्ने उनको प्रतिबद्धता छ ।

समाजवादीबाट उपप्रमुखमा सञ्जिव भण्डारीको मनोनयन दर्ता भएको छ । भण्डारी प्राध्यापन क्षेत्रमा सक्रिय छन् । सत्ता गठबन्धनबाट चुनावमा जाने बताए पनि कांग्रेसले उपप्रमुख र वडाअध्यक्ष नदिएपछि समाजवादीले सोमबार एक्लै उमेदवारी दर्ता गराएको हो ।

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully