कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

मेयरको टिकट खोसिएका पौडेलको दुखेसो - झूटो भिडियो बनाई अध्यक्ष ओलीलाई भ्रममा पारियो

काठमाडौँ — नेकपा (एमाले)का नेता दिपक पौडेलले चार वर्ष अगाडिको भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको बताएका छन् । पोखरा महानगरपालिकाको मेयरको टिकट पाएर भिडियोका कारण विवाद भएपछि उम्मेदवारी दिन नपाएका उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भ्रममा पारिएको दाबी गरेका छन् । 

मेयरको टिकट खोसिएका पौडेलको दुखेसो - झूटो भिडियो बनाई अध्यक्ष ओलीलाई भ्रममा पारियो

पौडेलले सोमबार विज्ञप्ति जारी गरेर टिकट खोसिएकोप्रति दुखेको पोखेका छन् । 'कामको श्रेष्ठताको आधारमा मैले मेयरको टिकट पाएँ । केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरूले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे,' उनले विज्ञप्तिमा लेखेका छन् ।

टिकट काटिएकोप्रति पौडेलले असन्तुष्टि पनि राखेका छन् । 'मलाई वैशाख १० गते पार्टीको आधिकारिक सचिवालय बैठकले मेयर पदको उमेदवार बनाएको थियो, पार्टी अध्यक्षले टेलिफोन गरी उपयुक्त समयमा कुनै जिम्मेवारी बहन गर्ने गरी निर्णय परिवर्तन गर्न सुझाव माग्नुभयो । म पार्टीको इमानदार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने वचनबध्दता प्रकट गरे । तर पार्टीको सचिवालय बैठकको निर्णय विपरीत आएको अप्रत्याशित निर्णयप्रति भने असहमति प्रकट गर्दछु,' उनले भनेका छन्, 'पार्टी कमिटीको अन्तिम आधिकारिक निर्णयविरुद्ध भएको कार्य पार्टी कमिटीबाटै बहस गर्ने नै छु ।'

आफ्नाबारे भ्रमपूर्ण समाचार प्रकाशन भएको पनि पौडेलको दाबी छन् । उनले आफ्नो कमिकमजोरी भए पार्टी र अन्य निकायलाई छानबिन गर्न आग्रह गरेका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा पौडेल उठ्ने एमाले सचिवालयले निर्णय गरेपछि उनले एक गहना पसलबाट सुन चोरेको दाबीसहित भिडियो भाइरल गरिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि उनको टिकट खोसेर कृष्ण थापालाई एमालेले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएको छ । थापाले मनोनयन दर्ता गरिसकेका छन् ।

प्रकाशित : वैशाख १२, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?