धनगढीको मेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका वड र एमालेबाट चन्दको उम्मेदवारी

स्वतन्त्रबाट गोपाल हमालको उम्मेदवारी 

वैशाख १२, २०७९

मोहन बुडाऐर

धनगढी — धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका  नृपबहादुर वडले मेयरमा सोमवार उम्मेदवारी दर्ता गराएका छन् । उनी निर्वतमान मेयर पनि हुन् । 

उपमेयरमा  माओवादी केन्द्रकी शान्ति अधिकारीले  उम्मेदवारी दर्ता गराएकी छिन् ।   अधिकारी २०७४को निर्वाचनमा माओवादी केन्द्रकै तर्फबाट उपमेयरमा  प्रतिस्पर्धा गरेकी थिइन् । 

वड र  अधिकारीलाई  समाजवादी पार्टीको पनि समर्थन रहेको छ ।   मेयर   र उपमेयरले मुख्य निर्वाचनको कार्यालयमा  दिउँसो साढे ४ बजे पुगेर मनोनयन दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारले संयुक्त रूपमा  धनगढीको चौराहादेखि  निर्वाचन कार्यालयसम्म बाजागाजासहित ऱ्याली प्रर्दशन गर्दै निर्वाचन कार्यालयमा पुगेका थिए । 

धनगढी उपमहानगरका १९ वटा वडामा भने सत्ता गठबन्धनबीच तालमेल हुन नसक्दा मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् ।  यसअघि दिउँसो  २ बजे नेकपा एमालेका  रणबहादुर चन्दले मेयर र उपमेयरमा नन्दकला रानाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले पनि बाजागाजासहित झाँकी प्रस्तुत गर्दै निर्वाचन कार्यालयमा पुगेको थियो । 

आइतबार धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफनो उम्मेदवारी दर्ता गराएका थिए  । 

स्थानीय तह निर्वाचन २०७९

मोहन

Link copied successfully