लहान नगरपालिका मेयरमा कांग्रेसबाट चौधरी र एमालेबाट साहको उम्मेदवारी

वैशाख १२, २०७९

भरत जर्घामगर

सिरहा — लहान नगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका महेश प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टीका दुई जनाको उम्मेदवारी परेको छ ।

उपमेयरमा रामचरितर महतो र चन्द्र नारायण कुशवाहाले उम्मेदवारी दिएका हुन् । जसपा सिराहाका जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ताका अनुसार केन्द्रबाट आधिकारिक उम्मेदवार तोकेपछि दुईमध्ये एक जनाले उम्मेदवारी फिर्ता गर्ने छन् ।

त्यसैगरी एमालेबाट मुनि साह सुडी र उपमेयर सरियार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को  निर्वाचनमा एमालेबाट दुवै जना निर्वाचित भएका थिए । यसैगरी नेकपा एकीकृत समाजवादीबाट मेयरमा विनोद साह र उपमेयरमा कंचन चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

भरत

Link copied successfully