कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जनकपुरधाममा गठबन्धनबाट लालकिशोर साहको मनोनयन दर्ता

सन्तोष सिंह

धनुषा — जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले उम्मेदवारी दर्ता गराएका छन् । 

जनकपुरधाममा गठबन्धनबाट लालकिशोर साहको मनोनयन दर्ता

उम्मेदवारी दर्ता गराउन जनकपुरधाम उपमहनागरको परिसरमा पुगेका निवर्तमान मेयरसमेत रहेका साहले अधुरो काम पुरा गर्न र पार्टीले तोकेको जिम्मेवारीअनुसार दोश्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मेयर पदमा मनोज चौधरी, नेकपा एमालेबाट शिवसंकर साहले उम्मेदवारी दर्ता गराएका छन् ।

तामलोपाबाट विभा ठाकुरले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । मेयर पदमा नेपाली काग्रेस पार्टी परित्याग गरेका मनोज साह, एक साताअघि एमाले प्रवेश गरेका थिए । त्यस्तै, जानकीराम साह, निर्माण व्यवसायी बलराम महतो र वैजनाथ साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्रले पनि जनकपुरधामको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको कार्यक्रम जारी रहेको छ ।

प्रकाशित : वैशाख १२, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?