पाँचपोखरी थाङपालको अध्यक्षमा सगरमाथा आरोही गुरुङको उम्मेदवारी

वैशाख १२, २०७९

अनिश तिवारी

सिन्धुपाल्चोक — सगरमाथा आरोही माया गुरुङले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

नारी दिवसकै दिन गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।  सन् २००८ मा सात महिलाको टोलीमा रहेर सगरमाथा आरोहण गरेकी उनीसहितको टोलीले सात वटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान समेत बनाएका थिए ।

स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकी उनी सन् २००८ अक्टुबरमा एक्सपोलर हिमालयन ट्राभल एण्ड एडभेन्चरको आयोजनामा सर्वोच्च सगरमाथाबाट ‘स्काईडाइभ’ गर्ने एसियाको पहिलो महिला पनि हुन् । 

स्थानीय तह निर्वाचन २०७९

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully