पोखरा — पोखरा महानगरको मेयरमा कांग्रेस नेता ऋषि सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष उनले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि मेयरमा कांग्रेसका १८ आकांक्षीमा उनको पनि नाम थियो । गठबन्धनका तर्फबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताए ।
