नरैनापुर गाउँपालिका प्रमुखमा एमालेबाट पदमावतीको उम्मेदवारी दर्ता 

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको पूर्बी दक्षिण क्षेत्र नरैनापुर गाउँपालिकामा पहिलोपल्ट मधेसी महिला पदमावती यादवले पालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् । बाँकेका पालिका प्रमुखमा यस पटक मधेसी महिलाले उम्मेदवारी दिएको यो नै पहिलो हो ।

नरैनापुर गाउँपालिका प्रमुखमा एमालेबाट पदमावतीको उम्मेदवारी दर्ता 

उनी नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री स्वर्गीय दिनेशचन्द्र यादवकी श्रीमती हुन् । कोरोनाका कारण दिनेशचन्द्रको मृत्यु भएपछि उनी एमालेबाटै राजनीतिमा होमिएकी हुन् । दिनेशचन्द्र त्यस क्षेत्रका लागि लोकप्रिय नेता मानिन्थे ।

पदमावतीले उम्मेदवारी दर्ता गर्न निर्वाचत अधिकृतको कार्यालय जानेक्रममा स्वर्गीय दिनेशचन्द्रको तस्बिरसहित पुगेकी थिइन । एमालेका कार्यकर्ताले नेता दिनेशचन्द्रले नरैनापुरका लागि देखेको सपना पूरा गर्न पदमावतीको उम्मेदवारी भएको बताउँदै नारा लगाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट रामकुमार दीक्षितले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रकाशित : वैशाख १२, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?