उम्मेदवारी दर्तामै शक्ति प्रदर्शन
नेपालगंज — गठबन्धन दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एमाले) ले आफ्नो उपस्थिती बलियो देखाउन उम्मेदवारी दर्ताकै क्रममा शक्ति प्रदर्शन गरेका छन् । दुबै पक्षले बाजागाजासहित सकेसम्म बढी कार्यकर्ता सडकमा उतार्ने प्रयास गरेका छन् ।
गठबन्धन दल मध्येको जसपाले सोमबार दिउँसो साढे दुईबजेसम्म उम्मेदवारी दर्ता गराएको थियो । त्यसलगत्तै एमालेले कार्यकर्ता सडकमा उतारेर नाराबाजीसहित उम्मेदबारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेको छ ।
एमालेले पशुपति दयाल मिश्रालाई प्रमुख र उपप्रमुखमा शान्ति ढकालको उम्मेदावारी दर्ता गराएको छ । एमालेको उम्मेदवारी जुलुसको पछिपछि कांग्रेसले पनि सयौं कार्यकर्तासहित उम्मेदवारीका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । उम्मेदवारी दर्ताका लागि दलहरुले सयौं कार्यकर्ता सडकमा उतारेपछि नेपालगन्ज कोहलपुर फोरलेन सडकको ट्र्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । भिडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे भइरहेको छ ।
प्रकाशित : वैशाख १२, २०७९ १५:५०