२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विराटनगरको मेयरमा गठबन्धनबाट कांग्रेसका कोइरालाको उम्मेदवारी

उपमेयरमा जसपाका यादवको उम्मेदवारी 
देवनारायण साह

मोरङ — विराटनगर महागरपालिकाको मेयरमा गठबन्धन दलबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगरको मेयरमा गठबन्धनबाट कांग्रेसका कोइरालाको उम्मेदवारी

कोइराला कांग्रेस मोरङका उपसभापति हुन् भने यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा रहेका उपमेयरका उम्मेदवार अमरेन्द्रले पार्टीको युवा फोरमबाट राजनीति सुरू गरेका थिए ।

मेयरका उम्मेदवार कोइरालाले विराटनगरवासीले चाहेको विराटनगर बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधारा, उद्योगलगायतका क्षेत्रको विकास गर्ने चुनावी एजेण्डा अघि सारेका हुन् ।

उपमेयरका उम्मेदवार यादवले औद्योगिक नगरी विराटनगरलाई मेडिकल र शैक्षिक उद्योगको रूपमा विकास गर्ने चुनावी एजेण्डा अघि सारेका हुन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरमा मृत्युञ्जय झा र उपमेयरमा सहनाज खातुन, राप्रपाबाट मेयरमा प्रहलाद साह र उपमेयरमा बबिता आचार्य, नेपाली कांग्रेस (बीपी)बाट मेयरमा रामचन्द्र गौतम र उपमेयरमा माया ओझाले मनोनयन दर्ता गराएका छन्।

जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले स्वतन्त्रबाट विराटनगर महानगरको मेयरमा आइतबार उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट उम्मेदवारी दर्ता गराउन बाँकी छ ।

प्रकाशित : वैशाख १२, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?