ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता

काठमाडौँ — ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनी सत्तारुढ गठबन्धनमा रहेका दलहरूका साझा उम्मेदवार हुन् । 

ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता

महर्जनले सोमबार दिउँसो जावलाखेलस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी २०७४ सालमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

ललितपुरको मेयरका लागि कांग्रेसबाट महर्जनसहित महानगर कार्यसमिति सभापति शुभानन धाख्वा, उपमेयर गीता सत्याल, प्रेमकृष्ण महर्जन, भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको थियो ।

सात जनाको नाम सिफारिस भएपनि कांग्रेसको नेतृत्वले अन्तिममा महर्जनलाई नै उम्मेदवार दोहोर्‍याउने निर्णय गरेको थियो ।

ललितपुरको उपमेयरमा भने गठबन्धनबाट माओवादीका बाबुराजा बज्राचार्य उम्मेदवार बनेका छन् ।

ललितपुरको मेयरमा एमालेबाट हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा आस्था शाक्यले मनोनयन दर्ता गराएका छन् ।

महानगरपालिकाको मेयर, उपमेयर र वडाका प्रतिनिधिका लागि मनोनयन गर्ता गराउन दलका नेताहरू सांस्कृतिक बाजागाजासहित जुलुस गरेर जावलाखेलस्थित निर्वाचन कार्यालय पुगिरहेका छन् ।

प्रकाशित : वैशाख १२, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?