वीरगन्जको मेयरमा एमालेका सरावगीको उम्मेदवारी दर्ता

वैशाख १२, २०७९

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा (एमाले) बाट विजय सरावगीले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै  वीरगन्जमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए । मेयरमा निर्वाचित भएको केही महिनापछि नै सरावगीले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए ।

स्थानीय तह निर्वाचन २०७९

भूषण

Link copied successfully