काँकडभिट्टा — मेचीनगर नगरपालिकाको प्रमुखमा नेता कृष्ण सिटौला र महामन्त्री विश्वप्रकाश शर्माका पक्षबीच उम्मेदवारी दर्ताको विषयलाई लिएर विवाद भएको छ । नेपाली कांग्रेस प्रदेश समितिले सिटौलानिकट केशवराज पाण्डेलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, महामन्त्री शर्मानिकट ईन्द्र बुढाथोकीले आफू आधिकारिक उम्मेदवार बन्ने मनोनयन दर्ता गराउन खोजेपछि विवाद भएको हो । सिटौलानिकट उम्मेदवार पाण्डेले बुढाथोकीको मनोनयन फारम खोसेका थिए ।
