मनाङमा एमालेका दुई र कांग्रेसबाट एक पालिका अध्यक्षको मनोनयन दर्ता

उपाध्यक्षमा एमालेका १, माओवादी केन्द्र १ र स्वतन्त्र १

वैशाख १२, २०७९

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको सबै गाउँपालिकामा आइतबार मनोनयन दर्ता भएको छ ।

नेकपा एमालेले मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकामा मनोनयन दर्ता गराएको छ । कांग्रेसले र माओवादी केन्द्रले नासों गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । नार्पाभूमि वडाअध्यक्षमा एक जनाको स्वतन्त्रको मात्रै मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए ।

मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले र उपाध्यक्षमा स्वतन्त्रका छिरिङ गुरुङले मनोनयन दर्ता गराएका छन् । घले यसअघि पनि गाउँपालिका अध्यक्ष थिए । वडाअध्यक्षमा एमालेका तर्फबाट वडा नं. १ मा मिङमर गुरुङ, वडा नं. २ मा कर्म गुरुङ, वडा नं. ४ मा कमल गुरुङ, वडा नं. ५ सुनाम ताप्के गुरुङ, वडा नं. ६ मा सोनाम गुरुङ, वडा नं. ७ मा कान्छा गुरुङ, वडा नं. ८ मा पेम्बा गुरुङ र वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामाले मनोनयन दर्ता गराएका छन् । वडा नं. ६ का अध्यक्ष सोनाम यसअघि पनि वडाअध्यक्ष थिए । मनाङ ङिस्याङ गाउँपालिकामा आइतबारमात्रै ३५ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत केदार उपाध्यायले बताए ।

चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले मनोनयन दर्ता गराएका छन् । वडा नं. ३ मा एमालेका प्रेमबहादुर श्रेष्ठले वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् । एमालेकै ४ जना सदस्यले मनोनयन दर्ता गराएका छन् ।

नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । वडाअध्यक्षतर्फ कांग्रेसबाट वडा नं. १ मा ललिता गुरुङ, वडा नं. ३ मा निलराम गुरुङ, वडा नं. ६ मा पुष्पबहादुर गुरुङ, वडा नं. ७ मा ओमबहादुर गुरुङ, वडा नं. ८ मा याद घले र वडा नं. ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङले मनोनयन दर्ता गराएका छन् । सबै गरेर नासों गाउँपालिकामा आइतबार २८ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत तारादत्त बडूले बताए ।

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully