अर्घाखाँची — कांग्रेसले स्थानीय तहमा उम्मेदवार टुंगाएको छ । जसपा बाहिरिएपछि चार दलीय गठबन्धन गरेर ६ स्थानीय तहमध्ये आफ्नो भागमा परेको ५ स्थानीय तहमा कांग्रेसले उम्मेदवार चयन गरेको छ ।
सन्धिखर्क नगरपालिका प्रमुखमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी र शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेललाई उम्मेदवार बनाएको छ । कांग्रेस–माओवादी गठबन्धनमा उपप्रमुख जितेको भूमिकास्थान नगरपालिकामा यसपालि कांग्रेसले उम्मेदवार पाएन । नगर प्रमुख राजमो र उपप्रमुख माओवादीलाई भाग परेको छ ।
त्यस्तै छत्रदेव गाउँपालिका अध्यक्षमा चन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा इन्दिरा भुसाल, पाणिनि गाउँपालिका अध्यक्षमा अच्युत गौतम र उपाध्यक्ष लक्ष्मी गौतमलाई चयन गरेको छ । श्रेष्ठ र भुसाल नयाँ अनुहार हुन् । पाणिनिका दुई गौतमलाई पुनः दोहोरिएका हुन् ।
मालारानी गाउँपालिका उपाध्यक्षमा शोभाखर खनाललाई उम्मेदवार बनाएको छ ।
जसपा गठबन्धनबाट बाहिरिएको छ । पाणिनि गाउँपालिका र छत्रदेव गाउँपालिका कांग्रेस एक्लै भिड्ने भएको छ ।
