काठमाडौँ — पोखरा महानगरपालिकाको मेयर उम्मेदवारमा एमालेले हेरफेर गरेको छ । एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीको आन्तरिक छलफलबाट कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय भएको संगठन विभागका प्रमुख खगराज अधिकारीले बताए ।
पार्टीको आन्तरिक समस्याले उम्मेदवार हेरफेर गरेको पार्टीका नेताहरुले बताएका छन् । पौडेल उम्मेदवार बन्ने घोषणा भएपछि सुन चोरेको आरोपसहितको भिडियो सामाजिक सञ्जालहरुमा छाइरहेको छ ।
उपमेयरमा भने मन्जु गुरुङ नै उम्मेदवार हुने भएकी छन् । उनीहरु दुवै जना केन्द्रीय सदस्य हुन् ।
