रसुवा — उम्मेदवारी दर्ताको पहिलो दिन रसुवामा दुई जनाको मात्र दर्ता भएको छ । आइतबार कालिका गाउँपालिकामा २ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
उनका अनुसार कालिका गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अध्यक्ष पदको लागि रामकृष्ण न्यौपाने र सोही पालिकाको वडा नम्बर ३ मा खुला सदस्यका लागि नवराज आचार्यको मनोनयन दर्ता भएको हो ।
जिल्लामा प्रमुख दलहरूले सोमबारमात्र उम्मेदवारी दर्ता गर्ने बताएका छन् । नेकपा एमालेले पाँचवटै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार टुंगो लगाइसकेको छ । गठबन्धनका कारण नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैन ।
