कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

एमाले ओखलढुंगाले उम्मेदवार टुंगो लगायो

वैशाख ११, २०७९
एमाले ओखलढुंगाले उम्मेदवार टुंगो लगायो

ओखलढुंगा — नेकपा एमालेले जिल्लाका आठैवटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले शनिबार राति नै सबै स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतको उम्मेद्वारको टुंगो लगाएको हो ।

सिद्धिचरण नगरपालिकाको प्रमुखमा इच्छाकुमारी गुरुङ र उपप्रमुखमा केदारबाबु बस्नेत उम्मेद्वार छन् । मानेभन्ज्याङ गाउँपालिकाको प्रमुखमा रुपलाल तामाङ र उपप्रमूखमा अम्मता राई छन् । सुनकोसी गाउँपालिकाको प्रमुखमा सुनिल खड्का छन् । उपप्रमूखमा सरस्वती कार्की तारा छन् ।

चिशंखुगढी गाउँपालिकाको प्रमुखमा अशोक थापा र उपप्रमुखमा सुष्मा राई छन् । मोलुङ गाउँपालिकाको प्रमुखमा उत्तम राई र उपप्रमुखमा उर्मिला खतिवडा छन् । खिजिदेम्बाको प्रमुखमा रामबहादुर खत्री र उपप्रमुखमा कमला सुनुवार छन् ।

त्यसैगरी चम्पादेवीमा प्रमूखमा खड्गबहादुर कार्की र उपप्रमुखमा सविला घिमिरे खतिवडा छन् । लिखु गाउँपालिकाको प्रमुखमा मिलन विष्ट र उपप्रमुखमा अस्मिता थापा रहेका छन् । चिशंखुगढीको उपाध्यक्ष पदमा अन्य आकांक्षी भएकाले सहमति हुनस क्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी केही पालिकामा साना दलसँग गठबन्धनको सम्भावना अझै भएकोले उपाध्यक्ष पद छोडेर गठबन्धन हुन सक्ने एक नेताले बताए । टुंगो लागेको उम्मेदवारहरुले आइतबार निर्धारित समयमै मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

प्रकाशित : वैशाख ११, २०७९ १०:०३
x
×