धनगढी — सत्ता गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका नृपबहादुर वड उम्मेदवार हुने भएका छन् । कांग्रेसले वडलाइ नै पुनः मेयरमा टिकट दिने निर्णय गरेको हो ।
‘बहालवाला मेयर नृपबहादुर वडलाई नै कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको छ,’ कांग्रेस धनगढी नगरसमितिका सभापति यज्ञराज उपाध्यायले भने ‘केन्द्रले उनलाइै नै टिकट दिने निर्णय गरेको हो ।’ वडाहरूमा पनि शनिबार साँझसम्म उम्मेदवार घोषणा हुने उपाध्यायले जानकारी दिए ।
नृपबहादुर वड गत निर्वाचनमा पनि कांग्रेसबाट विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै उनी २७ सय मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनले धनगढी उपमहानगरमा कांग्रेसलाई मेयर र माओवादीलाई उपमेयर दिने निर्णय गरेको थियो । माओवादीले भने उपमेयर कसलाई दिने भन्ने निर्णय गरिसकेको छैन ।
