कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट मेयरमा जसपा र उपमेयरमा कांग्रेस उम्मेदवार उठ्ने
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले तालमेल गर्ने भएका छन् । बिहीबार वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेलको सहमति भएको जानकारी दिएको हो ।

वीरगन्जमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने

पत्रकार सम्मेलनमा एमाले सचिव रघुवीर महासेठ, लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र वीरगन्जका मेयर विजय सरावगीलगायतका नेता रहेका थिए । सरावगी केहीअघि मात्रै जनता समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका हुन् ।

एमाले र लोसपाबीच भएको सहमतिअनुसार आगामी स्थानीय तहको चुनावमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने छ । एमालेले मेयर सरावगीलाई नै निरन्तरता दिने गरी सिफारिस गरिसके पनि लोसपाले उपमेयरमा कसलाई उठाउँछ भन्नेबारे खुलाएको छैन ।

एमाले मधेस इन्चार्ज रघुवीर महासेठले गठबन्धन घोषणा भएपछि संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गरी अगाडि बढ्ने जनाए । एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले वीरगन्ज महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सत्तारुढ गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । त्यस्तै उपमेयरमा भने कांग्रेसले उम्मेदवारी दिने सहमति छ । यसअघिको स्थानीय तहको चुनावमा पनि मेयरमा सरावगीले जित्दा उपमेयरमा कांग्रेसकी शान्ति कार्की विजयी भएकी थिइन् ।

प्रकाशित : वैशाख ८, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?