क्व्होलासोंथरमा एमालेबाट सर्वसम्मत उम्मेदवार

वैशाख ४, २०७९

कान्तिपुर संवाददाता

लमजुङ — नेकपा एमालेका तर्फबाट लमजुङको क्व्होलासोंथर गाउँपालिकामा सूर्यप्रसाद गुरुङको एकल उम्मेदवारी सिफारिस भएको छ । पालिकाभित्र ७ वटा वडाअध्यक्षमा सर्वसम्मत सिफारिस हुँदा वडा नम्बर १ मा ५ जना र ९ मा २ जनाले दाबी गरेका छन् ।

पालिका उपाध्यक्षमा ४ जनाको दाबी छ । एमालेको क्व्होलासोंथर गाउँपालिका कमिटीले वडा नम्बर ५, पसगाउँका सूर्यप्रसाद गुरुङलाई वैशाख ३० मा हुने 

स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षको एकल उम्मेदवार बनाएको पार्टी गाउँ कमिटी सचिव आसबीर गुरुङले बताए । 

एमाले जिल्ला कमिटी सदस्य रहेका उम्मेदवार गुरुङ जिल्ला कमिटी सदस्य हुन् । यसअघि गाउँ कमिटी सचिव र त्यसपछि उपाध्यक्ष बनेका उनी वडा नम्बर ६ र ७ को इन्चार्जसमेत छन् । उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख स्वकीय सचिवसमेत थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले बैंकिङ करियरमा अनुभव बटुल्दै राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए । 

पालिका कमिटीले उपाध्यक्षमा केशकुमारी गुरुङ, गमीमाया गुरुङ, सूचना गुरुङ र गोविन्दकुमारी गुरुङ गरी ४ जनालाई सिफारिस गरेको छ । वडा नम्बर १ को अध्यक्षका लागि वर्तमान अध्यक्ष पेमा गुरुङ, सोमबहादुर गुरुङ, सोमबहादुर विक, टसबहादुर गुरुङ र अमन गुरुङ गरी ५ जनालाई सिफारिस गरिएको छ । वडा नम्बर ९ मा वर्तमान अध्यक्ष नन्दजंग गुरुङ र आसमान गुरुङलाई सिफारिस गरिएको छ । पार्टीले वडा नम्बर २ बाट खुसीमान गुरुङ, ३ बाट आसवीर गुरुङ, ४ बाट नारायणबहादुर गुरुङ, ५ बाट गीतबहादुर गुरुङ, ६ बाट मनलाल गुरुङ, ७ बाट लक्ष्मण गुरुङ र ८ बाट सन्तोष घलेलाई वडाध्यक्षका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले क्व्होलासोंथर गाउँ कमिटीले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully