दैलेख — दैलेखमा नेपाल कम्युनिस्ट एमाले पार्टीले उम्मेदवार छान्न आन्तरिक निर्वाचन गरेको छ भने गठबन्धनमा रहेका दलललाई उम्मेदवार छान्नै सकस भएको छ । एमालेले ११ स्थानीय तहमा उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, र राष्ट्रिय जनमार्चाले भने वडाबाट सिफरिस गरेका उम्मेदवारको नामसमेत गोप्य राखेका छन् ।
एमालेले आठबीस नगपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा धेरैले इच्छा राखेपछि चुनावबाट बहुमत ल्याउनेलाई उम्मेदवार चयन गर्ने निर्णय गरिएको थियो । नगरप्रमुखमा ७ जना र उमप्रमुखमा ४ जनाले दाबी गरेपछि चुनाव गर्न बाध्य भएको नेताहरु बताउँछन् । मतदानमार्फत नगरप्रमुखतर्फका नगरप्रमुखमा तर्क बडुवाल र उपप्रमुखमा उम्मेदवार कल्पना थापा चयन भएका छन् ।
यस्तै भूगोल र जनसंख्याको हिसाबले ठूलो मानिने दुल्लु नगरपालिकामा पनि निर्वाचन प्राणालीबाट नै उम्मेदवारको टुंगो लगाइएको छ । नगरप्रमुखका उम्मेदवार युवा नेता रुद्रा शाहीले ५६ मत प्राप्त गरेका थिए । उनलाई अन्य प्रतिस्पर्धीले निर्वाचन पछि शाहीलई सर्मथन गर्दै उनको एकल नाम सिफारिस गरेका छन । उमप्रमुखमा भने ३ जनाको दाबी कायमै रहेकाले रेणु भट्राई, विष्ना थापा र विना कार्कीको नाम सिफारिस गरिएको छ । नगरप्रमुखका उम्मेदवार रुद्र शाहीले उमप्रमुखमा निर्वाचन गराउँदा पनि कडा प्रतिस्पर्धा भएको र एकले अर्कालाई समर्थन नगरेकाले तीनै जनाको नाम सिफारिस गरिएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला संयोजक प्रेम कटुवालले केन्द्रको परिपत्र गठबन्धनको औपचारिक कामको प्रारम्भ गर्ने भनेर चैत ३० गते आएकाले जिल्लामा गठबन्धनको दोस्रो बैठक बस्ने योजना अघि बढाएको बताए । ४ दलबीचको संयुक्त संयन्त्रको बैठक छिट्टै बस्ने उनले बताए । औपचारिक बैठक बसेर छिटोभन्दा छिटो उम्मेदवार टुंगो लगाएर प्रदेशमा पेस गर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले केन्द्रकोको सर्कुलर अनुसार वडा–वडाबाट उम्मेदवार छान्ने काम भइरहेको बताए । आकांक्षी धेरै भएकाले वडाबाट धेरैको नाम सिफारिस भएको उनले बताए । ‘गठबन्धनअनुसार पार्टीको आन्तरिक कार्यक्षेत्र अनुसार ४ वटा स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गरेर कर्णाली प्रदेश कार्यालयमा पठाएको छु,’ उनले भने, ‘केन्द्रको लाइनअनुसार गठबन्धको पक्षमा लागेका छौं ।’ ११ स्थानीय तहमा प्रमुख र उप्रमुख गरी २२ जना र वडाध्यक्षमा ९० जनाको भागबन्डामा गठबन्धनलाई सकस भइरहेको छ ।
नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले वैशाख ३ गतेभित्रै उम्मेदवारको टुंगो लगाउनुपर्ने भए पनि नसकिएको बताए ।
