महानगरका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

वैशाख ३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आसन्न स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारीबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा चुनावकाे तयारी र गठबन्धनबारे भइरहेका प्रयास लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully