खोटाङमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

सोमबार सम्पन्न मत गणनाअनुसार श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ १८ हजार १ सय ३७ मत पाएर प्रथम भएको हो ।

फाल्गुन २५, २०८२

डम्बरसिं राई

Labor Culture Party wins first in Khotang under proportional representation

खोटाङ — प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो भएको छ । सोमबार सम्पन्न मत  गणनाअनुसार उक्त पार्टीले समानुपातिकतर्फ १८ हजार १ सय ३७ मत ल्याएर प्रथम भएको हो । 

११ हजार ३ सय ८५ मतसहित एमाले दाेस्राे भएको छ । कांग्रेसले १० हजार ७ सय ५ मत ल्याएर तेस्राे भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ८ सय ७९ ल्याएर तेस्राे भएको छ भने ७ हजार २ सय ७४ मत ल्याएर नेपाली कम्युनिष्ट पार्टी पाँचौं भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए ।  

प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीका आरेन राईले १६ हजार ६ सय १२ मत ल्याएर जितका थिए । एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७,  नेपाल कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले  ५ हजार ७ सय ४ मत ल्याएका थिए । खोटाङमा २ स्वतन्त्रसहित १५ जनाले उम्मेदवार चुनावमा सहभागी थिए । 

प्रतिनिधिसभा निर्वाचन २०८२

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully